‘एनआईसी एसिया ग्रोथ फन्ड’ र ‘एनआईसी एसिया ब्यालेन्सड् फन्ड’को इकाइ मूल्य नेप्सेमा समायोजन

३ बर्ष अगाडि

काठमाडौं - एनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत ‘एनआईसी एसिया ग्रोथ फन्ड’ र ‘एनआईसी एसिया ब्यालेन्सड् फन्ड’को इकाइमूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेन्ज ९नेप्से०मा गत आर्थिक वर्षको प्रतिफलका लागि यी दुवै योजनाको इकाइमूल्य समायोजन भएको हो । 

समायोजित मूल्यअनुसार प्रतिइकाइ ग्रोथ फन्डको ९.२५ रुपैयाँ र ब्यालेन्सड् फन्डको ८.७८ रुपैयाँ कायम भएको छ । यसअघिको अन्तिम कारोबार मूल्यअनुसार यी दुवै योजनाको प्रतिइकाइ मूल्य क्रमशः १०।५५ रुपैयाँ र १०.०८ रुपैयाँ थियो ।

 कोष प्रवर्द्धक एनआईसी एसिया बैंक र योजना व्यवस्थापक एनआईसी एसिया क्यापिटल रहेका यी दुवै फन्डको प्रतिफल वितरणार्थ आज कात्तिक १५ गते बुक क्लोज गरिएको छ । यसको अर्थ हिजो कात्तिक १४ गतेसम्म कायम इकाइधनीहरुमात्रै यी दुवै योजनाको प्रतिफल पाउन योग्य भएका छन् । 

एनआईसी एसिया ग्रोथ फन्डका इकाइधनीहरुका लागि १३ प्रतिशत ९करसहित० र ब्लालेन्सड् फन्डका लागि पनि १३ प्रतिशत ९करसहित० नगद लाभांश घोषणा गरिएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया