काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंक लिमिटेडको सेयर मूल्य समायोजन भएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) गत आर्थिक वर्षको बोनस सेयरका लागि एनसीसी बैंकको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता १७८।०१ रुपैयाँ कायम गरेको छ । यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता १८४ रुपैयाँ थियो ।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि बैंकले आज कात्तिक १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। एनसीसी बैंक कुमारी बैंकसँग मर्जर प्रक्रियामा रहेको सेयर कारोबार रोक्का रहेको छ ।
बैंकले आफ्नो २५ औँ वार्षिक साधारणसभा आउँदो मंसिर २ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान १० बजेबाट सुरु हुनेछ ।
प्रतिक्रिया