माओवादी केन्द्रको घोषणा पत्र : पुँजी बजारको आधुनिकीकरण तथा संरचनागत सबलीकरणमा जोड

३ बर्ष अगाडि

नेकपा (माओवादी केन्द्र)को घोषणा पत्रमा पुँजी बजारको आधुनिकीकरण तथा संरचनागत सबलीकरणमा जोड दिएको छ । माओवादी केन्द्रले आज (सोमबार) सार्वजनिक गरेको घोणा पत्रमा उक्त प्रतिवद्धता व्यक्त गरेको हो ।

पुँजीबजारको आधुनिकीकरण तथा संरचनागत सबलीकरणको कार्य शीघ्र सम्पन्न गरिने घोषणा पत्रमा उल्लेख गरेको छ । साथै, घोषणा पत्रमा गैरआवासीय नेपालीहरूलाई नेपालको पुँजीबजारमा लगानी खुला गर्ने कार्यलाई द्रुतकासाथ अगाडि बढाउने पनि भनिएको छ ।

‘बैंक तथा वित्तीय संस्था, बिमा तथा पुँजी बजारबाट परिचालित स्रोत र तिनको कारोबारबाट बढीभन्दा बढी जनसब्ख्याले लाभ प्राप्त गर्नसक्ने र सर्वसाधारणको लगानी सुरक्षित गर्ने व्यवस्था गरिने छ,’ घोषणा पत्रमा लेखिएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया