तिहारपछिको पहिलो कारोबार : नेप्से परिसूचक बढेर बन्द, २५ लाख ७४ हजार कित्ता शेयर खरिदबिक्री

३ बर्ष अगाडि

काठमाडौं - तिहारपछिको पहिलो कारोबार दिन, नेप्से परिसूचक बढेर बन्द भएको छ । तिहारअघिको अन्तिम कारोबार दिन पनि नेप्से परिसूचक बढेर बन्द भएको थियो ।

यस दिन नेप्से परिसूचक १६.३९ अंक बढेर १८७४.८७ विन्दुमा पुगेको छ । त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ४.९३ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.१९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.८५ अंक बढेको छ ।

यस दिन २२४ स्टकको १७ हजार ७४८ पटकको कारोबारमा ६९ करोड ७३ लाख १७ हजार रुपैयाँ बराबरको २५ लाख ७४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

सोमबार सयपत्री हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो कम्पनीको शेयरमूल्य यस दिन २८ रुपैयाँ ५० पैसा बढेर ३१३ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको छ ।

 त्यसैगरी, यस दिन नेपाल एसबिआई बैंकको मूल्य ८.२४ प्रतिशत बढेको छ भने शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ७।०७ प्रतिशत र एनआईसी एशियाको ६.८० प्रतिशत बढेको छ । 

यता अपर हेवाखोला हाइड्रोपावरको शेयरमूल्य ८.१६ प्रतिशत घटेको छ भने रु रु जलविद्युत कम्पनीको शेयरमूल्य ६.५८ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा यस दिन एनआईसी एशिया बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको यस दिन ६ करोड १७ लाख २१ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । 

त्यस्तै, यस दिन एभरेष्ट बैंकको ४ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने नबिल बैंकको करिब ४ करोडको शेयर किनबेच भएको छ ।


 

३ बर्ष अगाडि

प्रतिक्रिया