ट्विटरले ब्लु टिकका लागि शुल्क लगाउला ?

३ बर्ष अगाडि

एजेन्सी - ट्विटर विश्वकै धनीव्यक्ति एलन मस्कले किनेका छन् । अहिले यसमा धेरै परिवर्तन गर्ने तयारी भइरहेको छ । 

कम्पनीमा परिवर्तनहरुले धेरै मानिसलाई पैसा खर्च गर्नुपर्ने हुन सक्छ । एक रिपोर्टका अनुसार ट्विटरले ब्लु टिकका लागि शुल्क लगाउन सक्छ । द भर्जले यसबारे जानकारी दिएको हो । 

रिपोर्टमा ब्लु टिक ट्विटर ब्लु सदस्यहरुलाई मात्र दिइने उल्लेख छ । ट्विटर ब्लुका लागि कम्पनीको सदस्यता योजना लिनुपर्छ । यसमा धेरै अतिरिक्त सुविधा दिइएको छ ।

ट्विटर ब्लुमा ट्विट सम्पादन र अनडु ट्विटजस्ता सुविधा देख्न सकिन्छ । अर्थात् ट्विटर ब्लु प्रयोगकर्तालाई मात्र ब्लु टिक दिइनेछ । प्रतिमहिना ब्लु टिक शुल्कबापत १९.९९ डलर ९लगभग २ हजार ६३८ रुपैयाँ० सम्म तिर्नुपर्ने हुन सक्ने रिपोर्टमा उल्लेख छ ।

ट्विटरमा पहिल्यै भेरिफिकेसन भइसकेकाहरुलाई ट्विटर ब्लुको सदस्यता लिन ९० दिनको समय दिइनेछ अन्यथा उनीहरुको नाम अगाडिको निलो टिक हटाइनेछ । यो अझै स्पष्ट छैन कि ट्विटर ब्लु टिक प्रमाणीकरण नियम परिवर्तन हुनेछ वा छैन ।

ट्विटर सम्झौता एक हप्ता पनि पूरा भएको छैन । मस्क ठूलो परिवर्तनका लागि तयारी गर्दै छन् । यसअघि उनले सीईओ पराग अग्रवाल र अन्य धेरै सदस्यलाई ट्विटरबाट हटाइसकेका छन् । यसमा नीति प्रमुख विजया गड्डाको नाम पनि समावेश छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया