नयाँ स्टकको लाइसेन्समा निवेदन दिने मंगलबार अन्तिम दिन, अदालतको आदेशका कारण परेन निवेदन

३ बर्ष अगाडि

काठमाडौं - नयाँ स्टकको लाइसेन्सकालागि निवेदन दिने मंगलबार अन्तिम दिन रहेको छ । सोमबार बिहानसम्म नयाँ स्टकको लाइसेन्सका लागि कुनै पनि कम्पनीले निवेदन दिएका छैनन् ।

सोमबार बिहानसम्म कुनै पनि कम्पनीको आवेदन नपरेको बोर्डका उच्च अधिकारीले जनाएका छन् । अदालतको आदेशका कारण निवेदन नपरेको ती अधिकारीको अनुमान छ ।

यता निवेदन दिन ठिक्क परेकाहरूसमेत अन्योलमा छन् । खासगरि सर्वोच्च अदालतले धितोपत्र बोर्डलाई नयाँ ब्रोकर कम्पनी, नयाँ स्टक एक्सचेन्ज र वस्तु विनिमय बजार सञ्चालनका लागि लाइसेन्स दिने प्रक्रिया तत्काल अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

 सर्वोच्चका न्यायाधीश तिलकप्रसाद श्रेष्ठको एकल इजलासले उक्त आदेश जारी गरेको हो। सोही कारण निवेदकहरू अन्योलमा परेका हुन् ।


 

३ बर्ष अगाडि

प्रतिक्रिया