स्ट्यान्डर्ड चार्टर्ड बैंकले १६.५१ प्रतिशत लाभांश दिने

३ बर्ष अगाडि

काठमाडौं - स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश घोषणा गरेको छ । 

बैंक सञ्चालक समितिको आज बिहान १० बजे बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । 

बैंकले सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको १६.५१ प्रतिशत नगद लाभांश ९करबाहेक० वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया