चण्डेश्वरी महादेवखोलाको ५ हजार कित्ता शेयर बिक्रीमा

३ बर्ष अगाडि

काठमाडौं - चण्डेश्वरी महादेवखोला माइक्रो हाइड्रो कम्पनी प्रालिको ५ हजार कित्ता शेयर बिक्रीमा आएको छ । 

कम्पनीले रामेछाप जिल्लामा निर्माण भइरहेको ८।५२ मेगावाट क्षमताको चुलुपे खोला जलविद्युत् आयोजनको लागि थप पूँजी जुटाउन मौज्दातमा रहेको उक्त शेयर बिक्री गर्न लागेको हो ।

कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ दरले ५ लाख बराबरको ५ हजार कित्ता शेयर खरिदका शेयरधनी तथा इच्छुक नवप्रवेशी शेयर खरीदकर्तालाई आगामी ४५ दिनभित्र आवेदन दिन सूचना मार्फत आग्रह गरेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया