काठमाडौं - अहिलेसम्म १२ विकास बैंकहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन् ।
प्रकाशित वित्तीय विवरण अनुसार यी १२ बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२.७१ प्रतिशत घटेको छ ।
१२ बैंकहरुमध्ये ५ विकास बैंकको खुद नाफा बढेको छ भने ५ विकास बैंकको घटेको छ। बाँकी २ विकास बैंकहरु भने नोक्सानीमा रहेका छन्।
१२ विकास बैंकहरुले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा कुल १ अर्ब ३ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । जबकी गत आर्थिक वर्षको सोही अवधिसम्ममा १ अर्ब ५४ करोड रुपैयाँ खुद नाफा कमाएका थिए ।
प्रतिक्रिया