काठमाडौं - तिहारपछिको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब २ अंक बढेको छ ।
अघिल्लो कारोबार दिन अर्थात असोज ६ गते, आइतबार, १४.३५ अंक बढेर १८५८.४९ विन्दुमा बन्द भएको नेप्से, आज उक्त सेसनमा १.८९ अंक बढेर १८६०.३८ विन्दुमा पुगेको छ ।
आज उक्त सेसनमा सेन्सेटिभ इण्डेक्स ०.८३ अंक बढेको छ । सोमबार प्रि ओपन सेसनमा १९ स्टकको ८ लाख ४१ हजार २६७ रुपैयाँ बराबरको १ हजार ९६९ कित्ता शेयर खरिदबिक्री भएको छ ।
जसमध्ये १२ स्टकको मूल्य बढेको छ भने ६ स्टकको मूल्य घटेको छ । बाँकी १ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ ।
प्रतिक्रिया