काठमाडौं - एनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित ५ वटा योजनाहरुको असोज महिनाको वित्तीय विवरण सार्वजनिक भएको छ ।
कोष प्रवर्द्धक एनआईसी एसिया बैंक र योजना व्यवस्थापक एनआईसी एसिया क्यापिटल रहेका एनआईसी एसिया ब्यालेन्सड् फन्ड, ग्रोथ फन्ड, डाइनामिक डेप्ट फन्ड, सेलेक्ट–३० (इन्डेक्स फन्ड) र फ्लेक्सी क्याप फन्डको वित्तीय विवरण प्रकाशित भएको हो ।
यीमध्ये डाइनामिक डेप्ट फन्ड र सेलेक्ट–३० को प्रति इकाइ खुद सम्पत्ति मूल्य ९न्याभ० बढेको छ भने बाँकी ३ वटा योजनाको घटेको छ ।
१. डाइनामिक डेप्ट फन्ड
असोजमा डाइनामिक डेप्ट फन्डको न्याभ सामान्य बढेर १०.७७ रुपैयाँ कायम भएको छ । गत भदौमा यो योजनाको न्याभ १०.७५ रुपैयाँ थियो ।
यो योजनाअन्तर्गत असोजसम्म सूचीकृत भएका र नभएका धितोपत्रमा कुल ४२ करोड ८६ लाख रुपैयाँ लगानी भएको छ । गत भदौसम्म यस्तो लगानी ४५ करोड ३ लाख रुपैयाँ थियो ।
असोजमा यो योजनाको कुल नाफा ४३ लाख २९ हजार रुपैयाँ रहेको छ । गत भदौमा कुल नाफा ३९ लाख ९४ हजार रुपैयाँ थियो ।
२. सेलेक्ट–३०
असोजमा सेलेक्ट–३० को न्याभ पनि सामान्य बढेर ९.९३ रुपैयाँ कायम भएको छ । गत भदौमा न्याभ ९।८९ रुपैयाँ थियो ।
यो योजनाअन्तर्गत असोजसम्म सूचीकृत भएका र नभएका धितोपत्रमा कुल ३२ करोड ६६ लाख रुपैयाँ लगानी भएको छ । गत भदौसम्म यस्तो लगानी ३२ करोड ८० लाख रुपैयाँ थियो ।
असोजमा यो योजनाको कुल घाटा ५ करोड ९६ लाख रुपैयाँ रहेको छ । गत भदौमा कुल घाटा ६ करोड ४७ लाख रुपैयाँ थियो ।
३. ग्रोथ फन्ड
असोजमा ग्रोथ फन्डको न्याभ सामान्य घटेर १२.४२ रुपैयाँ कायम भएको छ । गत भदौमा न्याभ १२.४९ रुपैयाँ थियो ।
यो योजनाअन्तर्गत असोजसम्म सूचीकृत भएका र नभएका धितोपत्रमा कुल ७७ करोड ८० लाख रुपैयाँ लगानी भएको छ । गत भदौसम्म यस्तो लगानी ७८ करोड ६१ लाख रुपैयाँ थियो ।
असोजमा यो योजनाको कुल नाफा ८ करोड ३५ लाख रुपैयाँ रहेको छ । गत भदौमा कुल नाफा ८ करोड ९१ लाख रुपैयाँ थियो ।
४. ब्यालेन्सड् फन्ड
असोजमा ब्यालेन्सड् फन्डको न्याभ सामान्य घटेर ११.८८ रुपैयाँ कायम भएको छ । गत भदौमा न्याभ ११.९० रुपैयाँ थियो ।
यो योजनाअन्तर्गत असोजसम्म सूचीकृत भएका र नभएका धितोपत्रमा कुल ७१ करोड १६ लाख रुपैयाँ लगानी भएको छ । गत भदौसम्म यस्तो लगानी ७१ करोड ५३ लाख रुपैयाँ थियो ।
असोजमा यो योजनाको कुल नाफा २ करोड ९६ लाख रुपैयाँ रहेको छ । गत भदौमा कुल नाफा ३ करोड १४ लाख रुपैयाँ थियो ।
५. फ्लेक्सी क्याप फन्ड
असोजमा फ्लेक्सी क्याप फन्डको न्याभ सामान्य घटेर ९.९६ रुपैयाँ कायम भएको छ । गत भदौमा न्याभ ९.९९ रुपैयाँ थियो ।
यो योजनाअन्तर्गत असोजसम्म सूचीकृत भएका र नभएका धितोपत्रमा कुल ३१ करोड ४६ लाख रुपैयाँ लगानी भएको छ । गत भदौसम्म यस्तो लगानी ३१ करोड ७९ लाख रुपैयाँ थियो ।
असोजमा यो योजनाको कुल नाफा ४५ लाख ३८ हजार रुपैयाँ रहेको छ। गत भदौमा कुल नाफा ३४ लाख ५१ हजार रुपैयाँ थियो ।
प्रतिक्रिया