गोर्खाज फाइनान्स कम्पनीले ३ करोड ३३ लाख १४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको चालू आवको पहिलो त्रैमाससम्मको वित्तिय विवरणले यस्तो देखाएको हो ।
विवरण अनुसार उक्त नाफा गत आवको सोही अवधिको तुलनामा १०१ प्रतिशतले वृद्धि भएको छ । खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेसँगै खुद नाफा पनि बढेको हो । गत आवको यसै अवधिमा फाइनान्सले १ करोड ६५ लाख ७० हजार रुपैयाँ नाफा कमाएको थियो ।
चुक्ता पूँजी ८६ करोड ७९ लाख रहेको कम्पनीको नाफामा वृद्धि भएसँगै प्रतिसेयर आम्दानी बढेर १५.३५ रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा ७.६४ रुपैयाँ रहेको थियो ।
असोज मसान्तसम्म कम्पनीले ७ अर्ब १ करोड निक्षेप संकलन गरेर ५ अर्ब ७५ करोड बढी कर्जा लगानी गरेको छ । पहिलो त्रैमासमा कम्पनीले जगेडामा ७२ करोड ७३ लाख र सेयर प्रिमियममा २ करोड २३ लाख सञ्चित छ ।
कम्पनीको खुद ब्याज आम्दानी ८ करोड ११ लाख तथा सञ्चालन नाफा ४ करोड ८५ लाख रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा फाइनान्सले २४ लाख ७७ हजार खुद ब्याज आम्दानी र २ करोड ७५ लाख रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको थियो ।
वित्तीय विवरण अनुसार कम्पनीको खराब कर्जा अनुपात ७.४२ प्रतिशत, कष्ट अफ फण्ड ९.४६ प्रतिशत, आधारदर १२.६७ प्रतिशत, प्रतिसेयर नेटवर्थ १८५.६७ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३२.११ गुणा, प्रतिसेयर कुल सम्पत्ति मूल्य १०९८.०९ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया