काठमाडौं - सोल्टी होटलले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको २६.३१५७ प्रतिशत लाभांशको बुकक्लोज तोकेको छ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस ७ गतेदेखि पुस २८ गतेसम्म सेयर दाखिल खारेजी (बुकक्लोज) मिति तोकेको छ ।
बुकक्लोज अनुसार पुस ६ गते आइतबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।
सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश होटेलको आगामी साधारण सभाले पारित गरेपछि मात्र लाभांश लगानीकर्तामा वितरण हुनेछ । लाभांश पारित गर्न कम्पनीले पुस २८ गते साधारण सभा आह्वान गर्ने निर्णय समेत गरेको छ ।
कम्पनीको असोज ३१ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर प्रयोजनको समेत २१.३१५७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रतिक्रिया