एलन मक्सले ट्वीटर किनेपछि डगकोइनको मूल्य ७० प्रतिशत बढ्यो

३ बर्ष अगाडि

एजेन्सी - इलेक्ट्रोनिक कार कम्पनी टेस्लाका प्रमुख कार्यकारी अधिकृत (सीइओ) एलन मक्सले ट्वीटर किनेपछि क्रिप्टोकरेन्सी डगकोइनको मूल्यमा ७० प्रतिशतको वृद्धि भएको छ । 

विश्वको सबैभन्दा धनी व्यक्ति मक्सले अक्टोबर २७ मा ४४ बिलियनमा ट्वीटर किनेका छन् । मक्सले ट्वीटर किन्नुअघि गत हप्तासम्म १ डगकोइनको मूल्य ०।०६ अमेरिकी डलर बराबर रहेको थियो । आज एक डगकोइनको मूल्य ०।१४ डलर रहेको छ ।

क्रिप्टोकरेन्सीहरुको मूल्य मक्सले गर्ने निर्णयहरुमा निहीत रहेको छ । क्रिप्टोकरेन्सीहरु मध्येका बिटकोइन र डगकोइनको मूल्य बढ्नुमा एलन मक्स कै सक्रियता देखिन्छ ।

गत वर्षदेखि एलन मक्सले बिटकोइन मार्फत भुक्तानी लिने र दिने प्रक्रिया सुरु गरेका थिए । विश्व अर्थतन्त्र संकट उन्मुख रहँदा बिटकोइन लगायतका क्रिप्टोकरेन्सीहरुको मूल्य पनि भारी मात्रामा खस्किएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया