भोलीबाट बरुण हाइड्रोको साढे ३ लाख कित्ता बढी हकप्रद सेयर बिक्रीमा आउने

३ बर्ष अगाडि

काठमाडौं - बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले अवितरित साढे ३ लाख कित्ता बढी हकप्रद सेयर भोलि कात्तिक १४ गतेबाट लिलामीमार्फत बिक्री गर्ने भएको छ । 

कम्पनीले सर्वसाधारणतर्फकाट अवितरित ३ लाख ५५ हजार ६० कित्ता हकप्रद सेयर बिक्रीमा राख्ने भएको हो । लिलामीमा राखिने सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । 

यसको अर्थ बोलपत्र पेस गर्दा न्यूनतम १०० रुपैयाँ वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन् । 

बोलपत्र काठमाण्डौको टेकुस्थित आरबीबी मर्चेन्ट बैंकिङ, राष्ट्रिय वाणिज्य बैंकका शाखाहरु वीरगन्ज, जनकपुर, नारायाण्गढ, बागलुङ बजार, बुटवल, नेपालगन्ज, वीरेन्द्रनगर, धनगढी, बिर्तामोड, हेटौँडा, तुलसीपुर, महेन्द्रनगर, विराटनगर र पोखरा क्षेत्रीय कार्यालयबाट पेस गर्न सकिने धितोपत्र बिक्री प्रबन्धक आरबीबी मर्चेन्टले जनाएको छ । 

बोलपत्र आउँदो कात्तिक २१ गतेसम्म पेस गरिसक्नुपर्नेछ। 

३ बर्ष अगाडि

प्रतिक्रिया