गौतम अडानीले फेरि तेस्रो स्थानमा, जेफ बेजोसलाई पछि पारे

३ बर्ष अगाडि

एजेन्सी - विश्वका शीर्ष १० अर्बपतिको सूचीमा भारतीय उद्योगपति गौतम अडानीले फेरि तेस्रो स्थान कायम गरेका छन् । अडानी १३१.३ अर्ब डलरको कुल सम्पत्तिका साथ विश्वको तेस्रो धनी व्यक्ति बनेका छन् । 

यसअघि यो स्थानमा रहेका जेफ बेजोसलाई पछि पार्दै उनले तेस्रो नम्बरमा वर्चस्व कायम गरेका हुन् । फोर्ब्सको रियल टाइम बिलियनियर्स इन्डेक्सका अनुसार एसियाका सबैभन्दा धनी तथा अडानी समूहका अध्यक्ष गौतम अडानीको नेटवर्थ १३१.३ अर्ब डलर पुगेको छ । 

यो सम्पत्तिसँगै उनी अमेजनका जेफ बेजोसलाई पछि पार्दै शीर्ष १० धनीहरूको सूचीमा तेस्रो स्थानमा आएका हुन् । अडानीको तुलनामा बेजोसको कुल सम्पत्ति १२६.९ बिलियन डलर छ ।

 यी दुईको सम्पत्तिको भिन्नताबारे कुरा गर्दा भारतीय उद्योगपति गौतम अडानी जेफ बेजोसभन्दा ४.४ अर्ब डलर धनी छन् । भर्खरै ४४ अर्ब डलरको ट्विटर सम्झौतालाई अन्तिम रुप दिएर माइक्रोब्लगिङ साइटको कमान सम्हालेका टेस्लाका सीईओ एलोन मस्क शीर्ष १० अर्बपतिहरुको सूचीमा पहिलो स्थानमा छन् । 

मस्कको कुल सम्पत्ति २२३.८ अर्ब डलर छ । फ्रान्सेली अर्बपति बर्नार्ड अर्नोल्ड दोस्रो नम्बरमा कायमै छन् । उनको कुल सम्पत्ति १५६.५ अर्ब डलर छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया