प्रतिनिधि र प्रदेश सभा : निर्वाचन २ करोड ३६ लाख ८० हजार बढि मतपत्र छापियो

३ बर्ष अगाडि

काठमाडौं - निर्वाचन आयोगले निर्वाचित हुने प्रणालीका लागि प्रतिनिधि सभातर्फ १ करोड १८ लाख ९८ हजार र प्रदेश सभातर्फ १ करोड १७ लाख ८२ हजार ५०० गरी कूल २ करोड ३६ लाख ८० हजार ५०० मतपत्र छपाइ सम्पन्न गरेको जनाएको छ  ।

कात्तिक १३ गते सुदूरपश्चिम प्रदेशका  कैलाली, कञ्चनपुर, अछाम, डोटी, डडेलधुरा, बझाङ, बैतडी र दार्चुलामा पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको मतपत्र ढुवानी हुनेछ । 

यसैगरी यी जिल्लामध्ये समानुपातिकतर्फको मतपत्र ढुवानी हुन बाँकी रहेका जिल्लामा समानुपातिकतर्फको पनि मतपत्र ढुवानी हुनेछ । 

साथै यी जिल्लामा अस्थायी मतदाताका लागि आवश्यक पर्ने समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र पनि ढुवानी हुनेछ ।


 

३ बर्ष अगाडि

प्रतिक्रिया