१६ अर्ब ६६ करोडको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, बोलकबोल कहिले ?

३ बर्ष अगाडि

काठमाडौं - नेपाल राष्ट्र बैंकले कात्तिक १५ गते १६ अर्ब ६६ करोड रुपैयाँबराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । बैंकले ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिल जारी गर्ने भएको हो । 

उक्त ट्रेजरी बिलको बोलकबोल भोलि हुने भएको छ । राष्ट्र बैंकले ९१ दिनका लागि ५ अर्ब १० करोड रुपैयाँ, १८२ दिनका लागि १० अर्ब रुपैयाँ र ३६४ दिनका लागि १ अर्ब ५६ करोड रुपैयाँबराबरको ट्रेजरी बिल जारी गर्नेछ ।

 यी ट्रेजरी बिल क्रमशः माघ १७ गते, २०८० वैशाख १९ गते र २०८० कात्तिक १४ गते परिपक्व हुनेछन् । यी ट्रेजरी बिलको भोलि दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ । 

बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन् । 


 

३ बर्ष अगाडि

प्रतिक्रिया