एजेन्सी - भारतमा गुगलमाथि भारी जरिवाना गरिएको छ ।
भारतमा स्वस्थ व्यापार प्रतिस्पर्धा वा स्वस्थ प्रतिस्पर्धा सुनिश्चित गर्न गठित संस्था भारतीय प्रतिस्पर्धा आयोग ९सीसीआई०ले गगुलमाथि भारु २२ अर्ब ७४ करोड जरिवाना लगाएको हो ।
यो जरिवाना एकै हप्तामा दुईपटक लगाइएको थियो । गत अक्टोबर २० मा सीसीआईले गुगललाई भारु १३ अर्ब ३७ करोड ७६ लाख जरिवाना लगाएको थियो ।
सीसीआईले यो जरिवाना एन्ड्रोइड मोबाइल उपकरण व्यवसायमा गुगलले आफ्नो प्रभुत्वको दुरुपयोग गरेको ठहर गर्दै लगाएको थियो ।
त्यसपछि गत अक्टोबर २५ मा सीसीआईले फेरि गुगललाई भारु ९ अर्ब ३६ करोड ४४ लाख जरिवाना लगायो ।
सीसीआईले २०१९ र २०२० मा यी दुई मुद्दाको छुट्टाछुट्टै अनुसन्धान गरिरहेको थियो ।
प्रतिक्रिया