काठमाडौं निर्वाचन आयोगले नेकपा एमालेका उम्मेदवार सूर्य थापालाई स्पष्टीकरण सोधेको छ ।
आयोगले प्यूठानबाट उम्मेदवार बनेका थापालाई चुनावी प्रचार प्रसारमा बालबालिका प्रयोग गरेको भन्दै २४ घण्टे स्पष्टीकरण सोधेको हो ।
‘निर्वाचनका प्रक्रिया अगाडि बढिसकेको तथा निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा तपाईंले किन जानाजान रुपमा निर्वाचन आचारसंहिताको उल्लंघन हुने कार्य गर्नुभएको हो ?’ आयोगले सोधेको छ ।
प्रतिक्रिया