पीएसजीको अपराजित यात्रामा मेस्सी, नेयमार र एम्बाप्पेको गोल

३ बर्ष अगाडि

एजेन्सी - पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा जित हासिल गरेको छ । शनिबार राति पीएसजीले घरेलु मैदानमा ट्रोयसमाथि ४–३ को जित निकालेको हो । 

खेलमा अग्रता पाहुना टोली ट्रोयसले तेस्रो मिनेटमै मामा बाल्दको गोलमा लिएको थियो । २४ औं मिनेटमा नेयमारको पासलाई सदुपयोग गर्दै कार्लोस सोलरले खेल बराबरीमा ल्याए । 

पुनः पाहुना टोलीले मामा बाल्डेको गोलमा ५२औं मिनेटमा अग्रता लियो । ५५औं मिनेटमा सर्जियो रामोसको पासमा मेस्सीले गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए । 

मेस्सीले उपलब्ध गराएको पासमा नेयमारले ६२औं मिनेटमा गोल गर्दै पीएसजीलाई ३–२ ले अघि बढाए । ७७औं मिनेटमा केलियन एमबाप्पेले पेनाल्टीमा गोल गर्दै पीएसजीको अग्रतालाई ४–२ को अवस्थामा पुर्याएका थिए ।

तर खेल सकिन दुई मिनेट बाँकी छँदा पाहुना टोलीका एन्टे पलाभर्साले गोल गर्दै अन्तरलाई ४–३ मा झारेका थिए । यो जितसँगै १३ खेलबाट ३६ अंक जोडेको छ । 

लिग वानमा पीएसजी अहिलेसम्म अपराजित छ । उसले दोस्रो स्थानको लेन्स भन्दा ५ अंकको स्पष्ट अग्रता प्राप्त गरेको छ । 

ट्रोयस १३ अंक सहित तालिकाको ११औं स्थानमा छ । २७ अंकको लोरेन्ट तेस्रो, २४ अंकको रेन्नेस चौथो तथा २४ अंककै मार्से पाँचौं स्थानमा छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया