गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सको घट्यो नाफा, ईपीएस कति ?

३ बर्ष अगाडि

काठमाडौं - गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा फाइनान्सको खुद नाफा र ईपीएस दुबै घटेको छ ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा फाइनान्सले २२ लाख ७२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८५.५७ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा फाइनान्सले १ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी बढेपनि इम्पेरमेन्ट चार्ज बढेको र खुद फि तथा कमिशन आम्दानी घटेका कारण खुद नाफा घट्न पुगेको हो । समीक्षा अवधिमा फाइनान्स्को खुद ब्याज आम्दानी ३४.१६ प्रतिशत बढेको छ भने खुद फि तथा कमिसन आम्दानी ६५.५२ प्रतिशत घटेको छ । 

इम्पेरमेन्ट चार्ज १ करोड ४८ लाख रुपैयाँबाट बढेर ३ करोड ११ लाख रुपैयाँ पुगेसँगै सञ्चालन मुनाफा ८७.५५ प्रतिशत घटेको छ । जसका कारण खुद नाफा घट्न पुगेको हो ।

नाफासँगै फाइनान्सको प्रतिशेयर आम्दानी अर्थात ईपीएस ६ रुपैयाँ ३३ पैसा घटेर ९६ पैसामा सीमित भएको छ । असोज मसान्तसम्ममा फाइनान्सको मूल्य आम्दानी अनुपात ३४४.९९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२६ रुपैयाँ ४५ पैसा रहेको छ ।

चालु आर्थिक वर्षको पहिलो ३ महिनामा फाइनान्सको चुक्ता पूँजी १० प्रतिशत बढेको छ भने जगेडा कोष ३१.०२ प्रतिशत घटेको छ। फाइनान्सको निक्षेप र कर्जा भने सो अवधिमा क्रमशः १.८४ प्रतिशत र ७.१५ प्रतिशत बढेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया