काठमाडौं - आइपीओ निष्कासनको लागि झण्डै ३ दर्जन कम्पनी पाइपलाइनमा देखिएका छन् । आइपीओ जारी गर्नको लागि हाल ३५ वटा कम्पनी धितोपत्र बोर्डको अनुमतिको पर्खाइमा रहेका छन् ।
धितोपत्र बोर्डका अनुसार अहिले ३५ वटा कम्पनीले १४ अर्ब ९७ करोड रुपैयाँभन्दा धेरैको आइपीओ जारी गर्नको लागि बोर्डमा आवेदन दिएका छन् ।
बुक विल्डिङमा आइपीओ जारी गर्न लागेको कम्पनीलाई समेत गणना गर्ने हो भने यो रकम अझै बढ्छ । आवेदन दिने आधा दर्जन बढी कम्पनीहरुको आइपीओ स्वीकृत हुने अन्तिम चरणमा पुगेको बोर्डले जनाएको छ ।
आइपीओ निष्कासन गर्नेमा धेरै हाइड्रोपावर कम्पनीहरु रहेका छन् । आइपीओ निष्कासनको तयारीमा रहेका ३५ कम्पनीमा २० वटा हाइड्रोपावर कम्पनी रहेका छन् ।
आइपीओ जारी गर्ने अनुमति मागेका कम्पनीमा २ वटा कम्पनीले प्रिमियममा आइपीओ जारी गर्ने तयारी गरेका छन् । रिलायन्स लाइफ इन्स्योरेन्स र घोराही सिमेन्टले प्रिमियममा आइपीओ जारी गर्ने तयारी गरेका छन् ।
यस्तै सर्बोत्तम सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्स बुक बिल्डिङ माध्यमबाट आइपीओ जारी गर्ने तयारीमा छन् । अन्यले भने एक सय रुपैयाँ अंकित दरमा नै आइपीओ बिक्रीमा ल्याउने छन् ।
प्रतिक्रिया