फेरि ब्याजदर बढाउने तयारीमा भारत

३ बर्ष अगाडि

एजेन्सी - भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया ९आरबीआई०ले फेरि ब्याजदर बढाउने तयारी गरेको छ । 

आरबीआईले आउँदो नोभेम्बर ३ मा मौद्रिक नीति समितिको विशेष बैठक बोलाएको छ । बैठकमा पछिल्लो ३ त्रैमासिक अवधिमा ब्याजदर ६ प्रतिशतभन्दा कम राख्न नसकेको विषयमा छलफल हुनेछ । 

आरबीआईले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘आरबीआई ऐनको धारा ४५जेडएनअन्तर्गत नोभेम्बर ३ मा मौद्रिक नीति समितिको विशेष बैठक बोलाइएको छ ।’

सेक्सन ४५जेडएन मुद्रास्फीति लक्ष्य कायम राख्न सम्बन्धित छ । महँगी नियन्त्रण गर्न रिजर्भ बैंकको प्रयासका बाबजुद मुद्रास्फीति दर बढ्न जारी छ । सेप्टेम्बरमा भारतको खुद्रा मुद्रास्फीति दर ७.४१ प्रतिशत पुगेको थियो भने अगस्टमा ७ प्रतिशत थियो ।

सेप्टेम्बरमा खाद्य मुद्रास्फीति ८.६० प्रतिशतले बढेको छ । यो अगस्टमा ७.६२ प्रतिशत बढ्यो । 

३ बर्ष अगाडि

प्रतिक्रिया