काठमाडौं - सञ्चालनमा रहेका २६ वटै वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन् ।
विवरण अनुसार बैंकहरुको नाफा सामान्य बढेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष यी बैंकहरुका नाफा केबल ५.९४ प्रतिशत बढेको छ ।
गत आर्थिक वर्षको असोज मसान्तसम्ममा यी बैंकहरुले १७ अर्ब ७० करोड ५७ लाख रुपैयाँ नाफा कमाएकोमा यस आर्थिक वर्षको सोही अवधिसम्ममा १८ अर्ब ७५ करोड नाफा कमाएका छन् ।
प्रतिक्रिया