काठमाडौं - प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमास सम्ममा ७० करोड ५० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको असोज महिना सम्मको वित्तीय विवरणले यस्तो देखाएको हो ।
सार्वजनिक विवरण अनुसार जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा १०।७९ प्रतिशतले बढी हो । अघिल्लो वर्ष यही अवधिमा बैंकले ६३ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैंकको वितरणयोग्य मुनाफा ३० करोड ९३ लाख रुपैयाँ रहेको छ ।
अघिल्लो वर्ष यस्तो मुनाफा ३० करोड ४४ लाख रुपैयाँ थियो । यो त्रैमासमा बैंकले सञ्चालन मुनाफाबापत १ अर्ब १ करोड रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष यस्तो मुनाफा ८८ करोड २५ रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा सञ्चालन मुनाफा १५.०९ प्रतिशतले बढी हो ।
समीक्षा अवधिमा बैंकले १ अर्ब ९७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी १ अर्ब ४२ करोड रुपैयाँमा सीमित थियो । यो हिसाबले खुद ब्याज आम्दानी ३८.७१ प्रतिशतले बढेको छ ।
पहिलो त्रैमासमा बैंकले १ खर्ब ७० अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५१ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकले १ खर्ब ७८ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको थियो ।
चुक्तापुँजी १२ अर्ब ७० करोड रुपैयाँ रहेको बैंकको रिजर्भको आकार ८.२८ प्रतिशतले बढेर ६ अर्ब १ करोड रुपैयाँको भएको छ । अघिल्लो वर्ष रिजर्भमा ५ अर्ब ५५ करोड रुपैयाँ रहेको थियो ।
बैंकको खराब कर्जाको अनुपात (एनपीएल) बढेर १.६८ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष एनपीएल १।६१ प्रतिशत थियो । सीडी रेसियो ८४.३२ प्रतिशत रहेको बैंकको आधारदर १०.५१ प्रतिशत छ ।
बैंकको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) थोरै घटेर २२.१९ रुपैयाँमा झरेको छ । अघिल्लो वर्ष ईपीएस २२.४३ रुपैयाँ रहेको थियो । पीई रेसयो ९.३३ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १६२.२२ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया