काठमाडौं - कामना सेवा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले समीक्षा अवधिमा ४ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ७६.३५ प्रतिशतले कम हो । अघिल्लो वर्ष यही अवधिमा बैंकले १७ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
बैंकको वितरणयोग्य मुनाफा १ करोड ७८ रुपैयाँ रहेको छ । अघिल्लो वर्ष यस्तो मुनाफा ४९ करोड ६३ लाख रुपैयाँमा सीमित थियो ।
यो त्रैमासमा बैंकले सञ्चालन मुनाफाबापत ५ करोड ९३ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष यस्तो मुनाफा २५ करोड १० रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा सञ्चालन मुनाफा ७६.३५ प्रतिशतले घटेको छ ।
समीक्षा अवधिमा बैंकले ५२ करोड २२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ४५ करोड ७५ लाख रुपैयाँमा सीमित थियो । यो हिसाबले खुद ब्याज आम्दानी १४।१६ प्रतिशतले बढेको छ ।
पहिलो त्रैमासमा बैंकले ४७ अर्ब ४७ करोड रुपैयाँ निक्षेप संकलन गरी ४२ अर्ब ७८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकले ४६ अर्ब २६ करोड रुपैयाँ निक्षेप संकलन गरी ४२ अर्ब ५१ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो ।
चुक्तापुँजी ३ अर्ब १४ करोड रुपैयाँ रहेको बैंकको रिजर्भको आकार १३.०२ प्रतिशतले घटेर ८१ करोड २ लाख रुपैयाँमा सीमित बनेको छ । अघिल्लो वर्ष रिजर्भमा ९३ करोड १५ लाख रुपैयाँ रहेको थियो ।
बैंकको खराब कर्जाको अनुपात (एनपीएल) बढेर ३.४० प्रतिशत पुगेको छ। अघिल्लो वर्ष एनपीएल १।७९ प्रतिशतमा सीमित थियो । सीडी रेसियो ८७.०८ प्रतिशत रहेको बैंकको आधारदर १२.२३ प्रतिशत छ ।
बैंकको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) ८०.०४ प्रतिशतले घटेर ५.२९ रुपैयाँमा झरेको छ । अघिल्लो वर्ष ईपीएस २६.५१ रुपैयाँ रहेको थियो । पीई रेसयो ५९.१५ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १४६.३३ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया