शाइन रेसुंगा डेभलपमेन्ट बैंकले पहिलो त्रैमासमा कति कमायो नाफा ?

३ बर्ष अगाडि

काठमाडौं - शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमास सम्ममा २० करोड ९१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ४१.९२ प्रतिशतले बढी हो । 

अघिल्लो वर्ष यही अवधिमा बैंकले १४ करोड ७३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैंकको वितरणयोग्य मुनाफा १ करोड २३ रुपैयाँ रहेको छ । अघिल्लो वर्ष यस्तो मुनाफा ४३ करोड २८ लाख रुपैयाँमा सीमित थियो । 

यो त्रैमासमा बैंकले सञ्चालन मुनाफाबापत २९ करोड ८७ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष यस्तो मुनाफा २१ करोड ५ रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा सञ्चालन मुनाफा ४१.९२ प्रतिशतले बढेको छ । 

समीक्षा अवधिमा बैंकले ५० करोड २९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ३७ करोड ९७ लाख रुपैयाँमा सीमित थियो । यो हिसाबले खुद ब्याज आम्दानी ३२.४५ प्रतिशतले बढेको छ । 

पहिलो त्रैमासमा बैंकले ४५ अर्ब ५७ करोड रुपैयाँ निक्षेप संकलन गरी ३७ अर्ब ३८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकले ४३ अर्ब २७ करोड रुपैयाँ निक्षेप संकलन गरी ३४ अर्ब ४९ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो । 

चुक्तापुँजी ३ अर्ब ७८ करोड रुपैयाँ रहेको बैंकको रिजर्भको आकार १६.५२ प्रतिशतले बढेर १ अर्ब २८ करोड रुपैयाँको भएको छ । अघिल्लो वर्ष १ अर्ब १० करोड रुपैयाँ रहेको थियो । 

बैंकको खराब कर्जाको अनुपात (एनपीएल) बढेर १.०९ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष एनपीएल १.०१ प्रतिशतमा सीमित थियो । सीडी रेसियो ८५.६१ प्रतिशत रहेको बैंकको आधारदर १२.४४ प्रतिशत छ । 

बैंकको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) बढेर २२.१२ रुपैयाँमा झरेको छ । अघिल्लो वर्ष ईपीएस १७.२९ रुपैयाँ रहेको थियो । पीई रेसयो १२।७२ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १४८.०५ रुपैयाँ रहेको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया