कृषि विकास बैंकको वितरणयोग्य मुनाफा ३.२७ अर्ब, ईपीएस ६५.४६ प्रतिशत घटेर ४.२३ रुपैयाँ पुग्यो ?

३ बर्ष अगाडि

काठमाडौं - कृषि विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

बैंकले समीक्षा अवधिमा २२ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ५४.४८ प्रतिशतले कम हो । अघिल्लो वर्ष यही अवधिमा बैंकले ४८ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब २७ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्ष यस्तो मुनाफा २ करोड ४५ लाख रुपैयाँमा सीमित थियो । 

यो त्रैमासमा बैंकले सञ्चालन मुनाफाबापत २४ करोड ६५ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष यस्तो मुनाफा ६२ करोड ४८ रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा सञ्चालन मुनाफा ७६.५४ प्रतिशतले घटेको छ । 

समीक्षा अवधिमा बैंकले ३ अर्ब ६५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी २ अर्ब ३० करोड रुपैयाँमा सीमित थियो । यो हिसाबले खुद ब्याज आम्दानी ६.२२ प्रतिशतले बढेको छ । 

पहिलो त्रैमासमा बैंकले १ खर्ब ६४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकले १ खर्ब ६६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको थियो । 

चुक्तापुँजी १८ अर्ब ६२ करोड रुपैयाँ रहेको बैंकको रिजर्भको आकार ७.३८ प्रतिशतले बढेर १२ अर्ब २१ करोड रुपैयाँको भएको छ । अघिल्लो वर्ष ११ अर्ब ३७ करोड रुपैयाँ रहेको थियो । 

बैंकको खराब कर्जाको अनुपात (एनपीएल) बढेर २.३८ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष एनपीएल २.०८ प्रतिशतमा सीमित थियो । सीडी रेसियो ८८.६७ प्रतिशत रहेको बैंकको आधारदर ९.८३ प्रतिशत छ । 

बैंकको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) ६५.४६ प्रतिशतले घटेर ४।२३ रुपैयाँमा झरेको छ । अघिल्लो वर्ष ईपीएस १२.२५ रुपैयाँ रहेको थियो। पीई रेसयो ७४ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ २१६.८३ रुपैयाँ रहेको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया