पहिलो त्रैमासमा सिद्धार्थ बैंकले कति कामायो नाफा ?

३ बर्ष अगाडि

काठमाडौं - सिद्धार्थ बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले समीक्षा अवधिमा ४९ करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । 

जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ४६.४८ प्रतिशतले कम हो । अघिल्लो वर्ष यही अवधिमा बैंकले ९४ करोड ८७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

बैंकको वितरणयोग्य मुनाफा १ अर्ब २२ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्ष यस्तो मुनाफा २९ करोड ७८ लाख रुपैयाँमा सीमित थियो । यो त्रैमासमा बैंकले सञ्चालन मुनाफाबापत ७२ करोड ८ लाख रुपैयाँ आर्जन गरेको छ । 

अघिल्लो वर्ष यस्तो मुनाफा १ अर्ब ३५ करोड रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा सञ्चालन मुनाफा ४६.८६ प्रतिशतले घटेको छ । समीक्षा अवधिमा बैंकले २ अर्ब १२ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी १ अर्ब ७५ करोड रुपैयाँमा सीमित थियो । यो हिसाबले खुद ब्याज आम्दानी २१.६२ प्रतिशतले बढेको छ । 

पहिलो त्रैमासमा बैंकले १ खर्ब ९२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७९ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकले १ खर्ब ८३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७३ अर्ब रुपैयाँ कर्जा लगानी गरेको थियो । 

चुक्तापुँजी १२ अर्ब ५२ करोड रुपैयाँ रहेको बैंकको रिजर्भको आकार ५।११ प्रतिशतले बढेर ८ अर्ब ४३ करोड रुपैयाँको भएको छ । अघिल्लो वर्ष ८ अर्ब २ करोड रुपैयाँ रहेको थियो । 

बैंकको खराब कर्जाको अनुपात (एनपीएल) बढेर २.१५ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष एनपीएल ०.५४ प्रतिशतमा सीमित थियो । सीडी रेसियो ८८.१० प्रतिशत रहेको बैंकको आधारदर १०.४३ प्रतिशत छ । 

बैंकको वार्षिकीकरण प्रतिसेयर आम्दानी ९ईपीएस० घटेर १५।६१ रुपैयाँमा झरेको छ । अघिल्लो वर्ष ईपीएस २९.४१ रुपैयाँ रहेको थियो । पीई रेसयो १९.५७ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १७७.१५ रुपैयाँ रहेको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया