एनएमबि बैंकको वितरणयोग्य मुनाफामा उछाल, ब्याज आम्दानी कति ?

३ बर्ष अगाडि

काठमाडौं - एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

बैंकले समीक्षा अवधिमा ९० करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा १३.४३ प्रतिशतले कम हो । अघिल्लो वर्ष यही अवधिमा बैंकले १ अर्ब ४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

बैंकको वितरणयोग्य मुनाफा २ अर्ब २३ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्ष यस्तो मुनाफा ४५ करोड ८४ लाख रुपैयाँमा सीमित थियो । 

यो त्रैमासमा बैंकले सञ्चालन मुनाफाबापत १ अर्ब २९ करोड रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष यस्तो मुनाफा १ अर्ब ४७ करोड रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा सञ्चालन मुनाफा १२।१२ प्रतिशतले घटेको छ । 

समीक्षा अवधिमा बैंकले २ अर्ब ५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी १ अर्ब ४२ करोड रुपैयाँमा सीमित थियो । यो हिसाबले खुद ब्याज आम्दानी ४४.४६ प्रतिशतले बढेको छ । 

पहिलो त्रैमासमा बैंकले १ खर्ब ८० अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकले १ खर्ब ८४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको थियो । 

चुक्तापुँजी १८ अर्ब ३६ करोड रुपैयाँ रहेको बैंकको रिजर्भको आकार ६.५४ प्रतिशतले बढेर ६ अर्ब ८८ करोड रुपैयाँको भएको छ । अघिल्लो वर्ष ६ अर्ब ४६ करोड रुपैयाँ रहेको थियो । 

बैंकको खराब कर्जाको अनुपात (एनपीएल) बढेर १.९० प्रतिशत पुगेको छ । अघिल्लो वर्ष एनपीएल १.८५ प्रतिशत थियो । सीडी रेसियो ८६.९४ प्रतिशत रहेको बैंकको आधारदर १०.१५ प्रतिशत छ । 

बैंकको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) घटेर १९.६९ रुपैयाँमा झरेको छ । अघिल्लो वर्ष ईपीएस २२.७५ रुपैयाँ रहेको थियो । पीई रेसयो ११.९३ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १५१.६० रुपैयाँ रहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया