काठमाडौं - सनराइज बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १६ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरणले यस्तो देखाएको हो ।
जुन नाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा ६१.४९ प्रतिशतले कम हो । अघिल्लो वर्ष यही अवधिमा बैंकले ४३ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
बैंकको वितरणयोग्य मुनाफा २८ करोड २३ लाख रुपैयाँले ऋणात्मक रहेको छ । अघिल्लो वर्ष यस्तो मुनाफा ६ करोड ७१ लाख रुपैयाँमा सीमित थियो ।
यो त्रैमासमा बैंकले सञ्चालन मुनाफाबापत २३ करोड १ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष यस्तो मुनाफा ५८ करोड २७ लाख रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा सञ्चालन मुनाफा ६०.४९ प्रतिशतले घटेको छ ।
समीक्षा अवधिमा बैंकले १ अर्ब ४३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ९२ करोड ३२ लाख रुपैयाँमा सीमित थियो । यो हिसाबले खुद ब्याज आम्दानी ५५.४५ प्रतिशतले बढेको छ ।
पहिलो त्रैमासमा बैंकले १ खर्ब २५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १९ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकले १ खर्ब ३१ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १९ अर्ब रुपैयाँ कर्जा लगानी गरेको थियो ।
चुक्तापुँजी १० अर्ब ११ करोड रुपैयाँ रहेको बैंकको रिजर्भको आकार ६.३४ प्रतिशतले बढेर ६ अर्ब ६९ करोड रुपैयाँको भएको छ । अघिल्लो वर्ष ६ अर्ब २९ करोड रुपैयाँ रहेको थियो ।
बैंकको खराब कर्जाको अनुपात (एनपीएल) बढेर २.९४ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष एनपीएल १.१३ प्रतिशतमा सीमित थियो । सीडी रेसियो ८९.८० प्रतिशत रहेको बैंकको आधारदर १०.९४ प्रतिशत छ ।
बैंकको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) घटेर १.६४ रुपैयाँमा झरेको छ । अघिल्लो वर्ष ईपीएस १८।१६ रुपैयाँ रहेको थियो । पीई रेसयो १२४.४८ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १६४.६३ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया