काठमाडौं - प्राइम कमर्सियल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मा ८७ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको असोज महिनासम्मको वित्तीय विवरणले यस्तो देखाएको हो ।
उक्त नाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा १०.६१ प्रतिशतले कम हो । अघिल्लो वर्ष यही अवधिमा बैंकले ९७ करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ७ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्ष यस्तो मुनाफा ३२ करोड ४८ लाख रुपैयाँमासीमित थियो । यो त्रैमासमा बैंकले सञ्चालन मुनाफाबापत १ अर्ब ३५ करोड रुपैयाँ आर्जन गरेको छ ।
अघिल्लो वर्ष यस्तो मुनाफा १ अर्ब ४० करोड रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा सञ्चालन मुनाफा ११.१२ प्रतिशतले घटेको छ । समीक्षा अवधिमा बैंकले १ अर्ब ८८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी १ अर्ब ४० करोड रुपैयाँमा सीमित थियो । यो हिसाबले खुद ब्याज आम्दानी ३४.४८ प्रतिशतले बढेको छ ।
पहिलो त्रैमासमा बैंकले १ खर्ब ५८ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकले १ खर्ब ६० अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको थियो ।
चुक्तापुँजी १८ अर्ब ६५ करोड रुपैयाँ रहेको बैंकको रिजर्भको आकार १८.५२ प्रतिशतले बढेर ७ अर्ब ७१ करोड रुपैयाँको उचाइमा पुगेको छ । अघिल्लो वर्ष ६ अर्ब ५० करोड रुपैयाँ रहेको थियो ।
बैंकको खराब कर्जाको अनुपात (एनपीएल) बढेर १.८० प्रतिशत पुगेको छ । अघिल्लो वर्ष एनपीएल ०.६२ प्रतिशतमा सीमित थियो । सीडी रेसियो ८८.४७ प्रतिशत रहेको बैंकको आधारदर १०.९१ प्रतिशत छ ।
बैंकको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) घटेर १८.७४ रुपैयाँमा झरेको छ । अघिल्लो वर्ष ईपीएस २४.३२ प्रतिशत रहेको थियो । पीई रेसयो ११.८२ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १५२.४५ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया