अधिकांश सूचकमा सेञ्चुरी बैंकको सन्तोषजनक प्रगति, वितरणयोग्य मुनाफामा उछाल

३ बर्ष अगाडि

काठमाडौं - सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मा ३१ करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरणले यस्तो देखाएको हो । 

जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा १६।.प्रतिशतले बढी हो । अघिल्लो वर्ष यही अवधिमा बैंकले २७ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

बैंकको वितरणयोग्य मुनाफा ४५२.३६ बढेर ५४ करोड ७१ लाख रुपैयाँको उचाइमा पुगेको छ । अघिल्लो वर्ष यस्तो मुनाफा ९ करोड ९० लाख रुपैयाँमासीमित थियो ।

यो त्रैमासमा बैंकले सञ्चालन मुनाफाबापत ४३ करोड ९५ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष यस्तो मुनाफा ३७ करोड ६६ लाख रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा सञ्चालन मुनाफा पनि १६.६९ प्रतिशतले बढेको छ । 

समीक्षा अवधिमा बैंकले १ अर्ब ७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ६७ करोड १७ लाख रुपैयाँमा सीमित थियो । यो हिसाबले खुद ब्याज आम्दानी ६०.२२ प्रतिशतले बढेको छ । 

पहिलो त्रैमासमा बैंकले ९५ अर्ब २७ करोड रुपैयाँ निक्षेप संकलन गरी ८५ अर्ब १ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकले ९८ अर्ब ९५ करोड रुपैयाँ निक्षेप संकलन गरी ८८ अर्ब ८५ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो । 

चुक्तापुँजी ९ अर्ब ५५ करोड रुपैयाँ रहेको बैंकको रिजर्भको आकार ३७.०४ प्रतिशतले बढेर २ अर्ब ३६ करोड रुपैयाँको उचाइमा पुगेको छ । अघिल्लो वर्ष १ अर्ब ७२ करोड रुपैयाँ रहेको थियो । 

बैंकको खराब कर्जाको अनुपात (एनपीएल) १.८८ प्रतिशत रहेको छ । अघिल्लो वर्ष पन एनपीएल १.८८ प्रतिशत नै थियो । सीडी रेसियो ८८.४० प्रतिशत रहेको बैंकको आधारदर १०.७६ प्रतिशत छ । 

बैंकको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेर १३.३४ रुपैयाँ भएको छ । अघिल्लो वर्ष ईपीएस १२।०६ प्रतिशत रहेको थियो । पीई रेसयो १४.४७ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १३०.५२ रुपैयाँ रहेको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया