काठमाडौं - माछापुच्छ्रे बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले समीक्षा अवधिमा ४५ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा १९.६५ प्रतिशतले कम हो । अघिल्लो वर्ष यही अवधिमा बैंकले ५६ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
बैंकको वितरणयोग्य मुनाफा भने बढेर १ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो मुनाफा १ अर्ब ४५ करोड रुपैयाँमा सीमित थियो ।
यो त्रैमासमा बैंकले सञ्चालन मुनाफाबापत ६४ करोड ४० लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष यस्तो मुनाफा ८० करोड ५१ लाख रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा सञ्चालन मुनाफा पनि २० प्रतिशतले घटेको छ ।
समीक्षा अवधिमा बैंकले १ अर्ब ४७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी १ अर्ब २६ करोड रुपैयाँ रहेको थियो । यो हिसाबले खुद ब्याज आम्दानी १५.८९ प्रतिशतले बढेको छ ।
पहिलो त्रैमासमा बैंकले १ खर्ब ४४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३३ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकले १ खर्ब ४५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको थियो ।
चुक्तापुँजी १० अर्ब २५ करोड रुपैयाँ रहेको बैंकको रिजर्भको आकार ६.४१ प्रतिशतले बढेर ३ अर्ब ५३ करोड रुपैयाँको उचाइमा पुगेको छ । अघिल्लो वर्ष ३ अर्ब ३२ करोड रुपैयाँ रहेको थियो ।
बैंकको खराब कर्जाको अनुपात (एनपीएल) बढेर १.३० प्रतिशत पुगेको छ । अघिल्लो वर्ष एनपीएल ०.५ प्रतिशतमा सीमित थियो । सीडी रेसियो ८६.४४ प्रतिशत रहेको बैंकको आधारदर १०.३६ प्रतिशत छ ।
बैंकको वार्षिकीकरण प्रतिसेयर आम्दानी ९ईपीएस० पनि घटेर १७.५९ रुपैयाँमा झरेको छ । अघिल्लो वर्ष ईपीएस २१.९० प्रतिशत रहेको थियो । पीई रेसयो १२.६७ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १४९.९ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया