काठमाडौं - स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद नाफा बढेको छ ।
समीक्षा अवधिमा बैंकको खुद नाफा ६८.३९ प्रतिशत बढेर ८१ करोड १३ लाख रुपैयाँ पुगेको छ । खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६२.८३ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ७.१० प्रतिशत घटेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी ४१.१८ प्रतिशत र सञ्चालन मुनाफा ६९.२० प्रतिशत बढेको छ ।
असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ४८ करोड ५५ लाख रुपैयाँ रहेको छ । नाफा बढेसँगै बैंकको ईपीएस अर्थात प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ११ रुपैयाँ ९४ पैसा बढेर ३४ रुपैयाँ ४२ पैसा पुगेको छ ।
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा बैंकको जगेडा कोष ९.७४ प्रतिशत, निक्षेप ६.७१ प्रतिशत र कर्जा ०.०३ प्रतिशत बढेको छ ।
प्रतिक्रिया