कोरोनाको नयाँ सब-भेरियन्ट नेपालमा पनि भेटियो, विश्वका २६ देशमा पुग्यो

३ बर्ष अगाडि

काठमाडौं - कोरोना भाइरसको नयाँ सब-भेरियन्ट ‘एक्सबीबी’ नेपालमा पनि भेटिएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको जिनोमिक सिक्वेन्सिङका क्रममा एकजना नेपालीमा नयाँ सब भेरियन्ट ‘एक्सबीबी’ भेटिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ती जारी गर्दै गएको साउन २१ गतेखि असोज १४ गतेसम्म कोभिड–१९ भएका विभिन्न उमेर समूहका व्यक्तिहरुबाट संकलित नमूनाहरुको छनौट गरी केही नमूनाहरुको जिनोमिक सिक्वेन्सिङ गर्दा ओमिक्रोनको सबभेयिन्ट एक्सबीबी पहिचान भएको जनाएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार अहिलेसम्म सो भेरियन्ट विश्वका २६ देशमा पुगिसकेको छ । सार्स कोभ–२ भाइरसको ओमिक्रोन भेरियन्टको मूलबाट आएको उच्च दरमा म्युटेड भएको भेरियन्ट गत वर्षको सुरुवातमा उच्च दरमा फैलिएको थियो ।

‘एक्सबीबी’ विभिन्न कारणले अहिलेसम्मकै सबैभन्दा खराब भाइरस मानिएको छ । यो विगतका भेरियन्ट र सब भेरियन्ट भन्दा निकै धेरै संक्रामक भएका कारण चार्डपर्वका बेला सजक रहन मन्त्रालयले सबैलाई आग्रक गरेको छ ।

जनस्वास्थ्यका सबै मापदण्ड पालन गर्न समेत आग्रह गरिएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया