एभरेष्ट बैंकले सार्वजनिक गर्‍यो तीन महिनाको वित्तीय विवरण, कति पुग्यो नाफा ?

३ बर्ष अगाडि

काठमाडौं - एभरेष्ट बैंक लिमिटेडको खुद नाफा चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ४८.९५ प्रतिशत बढेर ८६ करोड २२ लाख रुपैयाँ पुगेको छ । बैंकले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरणले यस्तो देखाएको हो  । 

विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद नाफा बढेको छ । खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो । 

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ७२.६८ प्रतिशत बढेको छ भने खुद फि तथा कमिसन आम्दानी २६.५४ प्रतिशत, कुल सञ्चालन आम्दानी ३२ प्रतिशत र सञ्चालन मुनाफा ४८.८९ प्रतिशत बढेको छ ।

असोज मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ४ अर्ब ७१ करोड रुपैयाँ रहेको छ ।नाफासँगै बैंकको ईपीएस अर्थात प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १० रुपैयाँ ३९ पैसा बढेर ३६ रुपैयाँ ४३ पैसा पुगेको छ ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा बैंकको जगेडा कोष ५.४५ प्रतिशत बढेको छ भने निक्षेप ०.६४ प्रतिशत र कर्जा १.७२ प्रतिशत बढेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया