काठमाडौं - नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद नाफा बढेको छ ।
समीक्षा अवधिमा बैंकको खुद नाफा ४१.३० प्रतिशत बढेर १ अर्ब ५७ करोड १५ लाख रुपैयाँ पुगेको छ । खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६४.०५ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ४०.१६ प्रतिशत, कुल सञ्चालन आम्दानी ५२.९९ प्रतिशत र सञ्चालन मुनाफा ४०.३८ प्रतिशत बढेको छ ।
असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ९१ करोड रुपैयाँ रहेको छ । नाफा बढेपनि बैंकको ईपीएस अर्थात प्रतिशेयर आम्दानी भने घटेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ४ रुपैयाँ ५८ पैसा घटेर २७ रुपैयाँ ५३ पैसामा झरेको छ ।
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा बैंकको जगेडा कोष २.२९ प्रतिशत बढेको छ भने निक्षेप २.४१ प्रतिशत र कर्जा १.५४ प्रतिशत बढेको छ ।
प्रतिक्रिया