नाफा बढेसँगै निफ्राको प्रतिशेयर आम्दानी पनि बढ्यो, चुक्ता पूँजी कति ?

३ बर्ष अगाडि

काठमाडौं - नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ३७ करोड ८६ लाख रुपैयाँ पुगेको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो । 

विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद नाफा बढेको छ । खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो । 

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५८.६१ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी २९६.८८ प्रतिशत, कुल सञ्चालन आम्दानी ५९.४२ प्रतिशत र सञ्चालन मुनाफा ५६.४६ प्रतिशत बढेको छ ।

असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा २९ करोड ८५ लाख रुपैयाँ रहेको छ । नाफा बढेसँगै बैंकको ईपीएस अर्थात प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २ रुपैयाँ १७ पैसा बढेर ७ रुपैयाँ १ पैसा पुगेको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ८ प्रतिशत बढेको छ भने जगेडा कोष २०.११ प्रतिशत घटेको छ। त्यसैगरी, बैंकको निक्षेप ३२.६९ प्रतिशत र कर्जा २६१.६३ प्रतिशत बढेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया