ग्लोबल आइएमई बैंकद्धारा १३.६ प्रतिशत लाभांश घोषणा

३ बर्ष अगाडि

काठमाडौं - ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०७८/७९ को कमाइबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।

बैंक संचालक समितिको आइतबार बसेको बैठकले आर्थिक वर्ष २०७८/७९ को वितरण योग्य मुनाफाबाट आफ्ना शेयरधनीलाई १३.६ प्रतिशत लाभांश वितरण गर्ने लाभांश प्रस्ताव भएको हो । 

जसमा  बोनश सेयर ३ प्रतिशत र नगद लाभांश १०.६ प्रतिशत रहेको छ । बैंकको चुक्ता पुँजी २३ अर्ब ७९ करोड रुपैँया छ । 

प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया