आज कार्तिक ६ गतेमा भएको प्रहरी निरीक्षक आधारभूत तालिम १–१८१औं (-PGDPS12th) समूहको दीक्षान्त समारोहमा उक्त तालिममा सर्वप्रथम हुने उत्कृष्ट प्रशिक्षार्थी प्र.प्र.नि. कैलाश लिम्बुलाई कुलानन्द स्मृति पुरस्कार माननीय गृह मन्त्री बालकृष्ण खाँणद्वारा प्रदान गरियो ।
उक्त पुरस्कार कुलानन्द ठाकुरका दुई छोरा डा. चिरंजीवी नेपाल (पूर्व गभर्नर) तथा ई. आनन्द नेपालद्वारा २०७६ सालमा स्थापित गरिएको हो । कुलानन्द ठाकुर नेपाल प्रहरी निरीक्षकको पहिलो तथा प्रहरी अधिकृतको तेश्रो ब्याचको सर्वप्रथम भएका थिए । साथै उनि भारतको “RAW”, बेलायतको “Scotland Yard” तथा अमेरिकाको “FBI ” बाट तालिम लिने पहिलो प्रहरी अधिकृत पनि थिए । नेपालमा Counter Intelligence को तालिम लिने पनि प्रथम नै थिए । उक्त पुरस्कार निजको नाममा प्रत्येक पटक प्रहरी निरीक्षक आधारभूत तालिममा सर्वप्रथम हुने उत्कृष्ट प्रशिक्षार्थीलाई दिने भन्ने उद्देश्यले स्थापना गरिएको हो ।
प्रतिक्रिया