काठमाडौं, अरुण काबेली पावर लिमिटेडले आर्थिक वर्ष २०७८/अरुण काबेली १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव, कहिले हुदैँछ साधारण सभा ?७९ लाभांश घोषणा गरेको छ।
कम्पनी सञ्चालक समितिको आज बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५०० रुपैयाँको कुल १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।
प्रस्तावित लाभांशमा १० प्रतिशतले हुन आउने १८ करोड ५५ लाख २१ हजार ५० रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०।५२६३ प्रतिशतले हुन आउने १ करोड ५ लाख ६ हजार ५७ रुपैयाँबराबरको नगद लाभांश छन्।
प्रस्तावित लाभांश पारित गर्न कम्पनीले यही कात्तिक ३० गते आफ्नो १२ औँ वार्षिक साधारणसभा डोकेको छ।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले यही कात्तिक १८ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ कात्तिक १७ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
प्रतिक्रिया