आइतबार शेयर बजारमा केही सुधार, कारोबार रकम भने आधा अर्ब मात्रै

३ बर्ष अगाडि

काठमाडौं, साताको पहिलो कारोबारको दिन (आइतबार) शेयर बजारमा सुधार देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १४.३५ अंकले बढेर १८५८.४९ को विन्दुमा कायम भएको छ ।

यस दिन कारोबार रकम भने आधा अर्बमै सिमित भएको छ। आइतबार ५१ करोड ६८ लाख ३ हजार ४८३ रुपैयाँको १५ लाख ३८ हजार ४२ कित्ता शेयर कारोबार भएको छ।

यस दिन रुरु जलविद्युत र सयपत्री हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने जनउत्थान लघुवित्तको ४.१५ प्रतिशत, किसान लघुवित्तको ४.०४ प्रतिशत र मिथिला लघुवित्तको ३.९८ प्रतिशतले बढेको छ।

यता अभियान लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ७.६० प्रतिशतले घटेको छ भने महुली लघुवित्तको ४.०३ प्रतिशत, बेष्ट फाइनान्सको ३.१८ प्रतिशत र विन्दवासिनी हाइड्रोपावरको ३.१८ प्रतिशतले घटेको छ।

यस दिन एभरेष्ट बैंकको सबैभन्दा धेरै ५ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने नबिल बैंकको ३ करोड ३८ लाख, नेपाल बैंकको ३ करोड २० लाख र गरिमा विकास बैंकको १ करोड ५१ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

यस दिन कारोबारमा आएका १३ उपसमूहमा होटल र म्युचुअल फण्ड बाहेक ११ वटा उपसमूहको सूचक सकारात्मक देखिएको छ। जसमा निर्जीवन बीमा, हाइड्रोपावर र विकास बैंक उससमूहको सूचक १ प्रतिशतभन्दा धेरै बढेको छ।

३ बर्ष अगाडि

प्रतिक्रिया