एभरेष्ट बैंकसहित यी १० कम्पनीको सर्वाधिक कारोबार, कुनले कतिको कारोबार गरे ?

३ बर्ष अगाडि

काठमाडौं, साताको पहिलो कारोबारको दिन (आइतबार) शेयर बजारमा सुधार देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १४.३५ अंकले बढेर १८५८.४९ को विन्दुमा कायम भएको छ ।

नेप्से बढेपनि कारोबारमा भने खासै सुधार देखिएको छैन । आज धितोपत्र दोस्रो बजारमा जम्मा ५१ करोडको मात्रै कारोबार भएको छ । सर्वाधिक एभरेष्ट बैंकको ५ करोड १६ लाख रुपैयाँथिको कारोबार भएको छ ।

त्यस्तै, नबिल बैंकको ३ करोड ३८ लाख, नेपाल बैंकको ३ करोड २० लाख, एनआइसी एशिया बैंकको प्रोमोटर शेयरको २ करोड २९ लाख र गरिमा विकास बैंकको १ करोड ५१ लाख रुपैयाँमाथिको कारोबार भएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया