काठमाडौं - नेपाल स्टक एक्सचेन्ज ९नेप्से० को नयाँ वेबसाइट यही कात्तिक २७ गतेबाट पूर्ण रुपमा सञ्चालनमा आउने भएको छ ।
नेप्सेले आज एक सूचना प्रकाशित गर्दै नेप्सेको नयाँ वेबसाइट कात्तिक २७ गतेबाट पूर्ण रुपमा सञ्चालनमा आउने जानकारी गराएको छ । योसँगै सूचीकृत कम्पनीहरुलाई नट्सको लगइन तथा युजर आईडी लिन अनिवार्य रुपमा लिन पनि आह्वान गरेको छ ।
नेप्सेले यसअघि नट्सको लगइन तथा युजर आईडी नलिएकाहरुलाई अनिवार्य रुपमा लिन आग्रह गरेको हो । सूचीकृत कम्पनीहरुको सूचना तथा विवरणहरु नयाँ वेबसाइटबाट सार्वजनिक गर्नका लागि सम्पूर्ण सूचीकृत कम्पनीहरुलाई नेप्सेको नट्सको लगइन र युजर आईडी अनिवार्य रहेको पनि नेप्सेले स्पष्ट पारेको छ ।
कात्तिक २७ गतेपछि सूचीकृत सम्पूर्ण कम्पनीहरुको सूचना तथा विवरण नयाँ वेबसाइटबाट मात्रै सार्वजनिक हुने नेप्सेले जनाएको छ । पुरानो वेबसाइटअन्तर्गत सम्पूर्ण लगइन तथा युजर आईडी खारेज हुने पनि नेप्सेको भनाइ छ ।
सूचीकृत कम्पनीहरुले सूचना तथा जानकारी तोकिएको समयसीमाभित्र सम्प्रेषण गर्न नसकेमा प्रचलित प्रावधानअनुसार भई जाने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया