काठमाडौं - नेपाल क्रेडिट एन्ड कमर्स ९एनसीसी० बैंक लिमिटेडले आफ्नो २५औँ वार्षिक साधारण सभा बोलाएको छ। कात्तिक ४ गते बसेको बैंक सञ्चालक समितिको बैठकले आउँदो मंसिर २ गते वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।
सभा काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान १० बजेबाट सुरु हुनेछ । सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल ११ प्रतिशत लाभांश अनु्मोदन गर्नेछ । जसमा ३.३६६३ प्रतिशत बोनस सेयर र ७।६३३७ प्रतिशतले हुन आउने नगद लाभांश (लाभांश करसहित) छन् ।
बोनस सेयर वितरणपछि बैंकको प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ । सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था गाभ्ने, गाभिने र प्राप्ति प्रयोजनका लागि गर्नुपर्ने सम्पूर्ण कार्यको अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ ।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि बैंकले कात्तिक १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया