काठमाडौं - निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनसम्बन्धी टिकटक भिडियो बनाउनेलाई रु। ५० हजार पुरस्कार वितरण गर्ने घोषणा गरेको छ ।
आयोगले निर्वाचन प्रचार–प्रसार, निर्वाचन आचारसंहिता तथा मतदाता शिक्षाजस्ता विषयमा आधारित टिकटक भिडियो बनाउन आह्वान गरेको छ । आयोगले उत्कृष्ट ५ भिडियोलाई जनही रु। ५० हजार पुरस्कार वितरण गर्नेछ ।
टिकटक भिडियो २० सेकेन्डदेखि १ मिनेटसम्म हुनुपर्नेछ । भिडियो बनाएर यही कात्तिक ५ देखि १५ गतेभित्र आयोगमा पठाइसक्नुपर्नेछ ।
प्रतिक्रिया