काठमाडौं, साताको पहिलो करोबारको दिन (आइतबार) स्पेशल प्रि ओपन सेसनमा धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको पहिलो कारोबार भएको छ।
यस दिन लघुवित्तको शेयर प्रतिकित्ता १७९ रुपैयाँ ७० पैसामा पहिलो कारोबार भएको हो।
कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको ३ लाख ३१ हजार कित्ता शेयर र संस्थापकहरुले लगानी गरेको ७ लाख कित्ता शेयर गरी १० लाख ३१ हजार कित्ता शेयर गत बिहीबार नेप्सेमा सूचीकृत भएको थियो।
कम्पनीको शेयरलाई नेप्सेले पहिलो कारोबारको लागि न्युनतम १४८ रुपैयाँ ६६ पैसादेखि अधिकतम ४४५ रुपैयाँ ९८ पैसा ओपनिङ्ग रेन्ज तोकिएको थियो।
कम्पनीको शेयरलाई नेप्सेले डिएलबीएस कारोबार संकेत प्रदान गरेको छ।
प्रतिक्रिया