काठमाडौं - नेपाल राष्ट्र बैंकले आज ५ अर्ब ६० करोड रुपैयाँबराबरको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ । केन्द्रीय बैंकले कात्तिक १४ गते जारी हुने ९१ दिने र ३६४ दिने ट्रेजरी बिलको आज बोलकबोल गर्ने भएको हो ।
राष्ट्र बैंकले ९१ दिनका लागि ३ अर्ब रुपैयाँ ६० करोड रुपैयाँ र ३६४ दिनका लागि २ अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल जारी गर्नेछ । यी ट्रेजरी बिल क्रमशः माघ १० गते र २०८० कात्तिक ७ गते परिपक्व हुनेछन् ।
यी ट्रेजरी बिलको आज दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ। बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन् ।
प्रतिक्रिया